काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष बिरामी पर्नुभएको छ । पूर्वप्रधानमन्त्री एवं अध्यक्ष माधवकुमार नेपाल बिरामी पर्नुभएको हो ।

नेता नेपाललाई भाइरल ज्वरो आएको जानकारी दिइएको छ । बिरामी हुनु भएका उहाँ महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य परीक्षणका लागि जानु भएको छ ।

जानकारी अनुसार अहिले पनि उहाँ अस्पतालमै हुनु हुन्छ । भर्ना हुने नहुने केहीबेरपछि थाहा हुने उनीनिकट व्यक्तिहरु बताउँछन् ।

भाइरल ज्वरो आएपछि उहाँ स्वास्थ्य परीक्षणको लागि पुग्नु भएको हो । आज अस्पतालमा बस्ने कि नबस्ने भन्ने विषयमा टुंगो लाग्न सकेको छैन ।

यस्तै, लामो समयदेखि कमलपित्त रोगबाट पीडित नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य वर्षमान पुनको थप उपचारका लागि बुधबार थाइल्याण्ड जानु हुने भएको छ ।

पछिल्ला केही दिनदेखि उहाँको स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागि बैंकक लैजान लागिएको हो । नेता पुनलाई कमलपित्तको मात्रा बढेको, वान्ता हुने र ज्वरो आउने जस्ता समस्या देखिएपछि ललितपुरस्थित सुमेरु अस्पतालमा उपचार गरिएको थियो ।

कमलपित्तको मात्रा नघटेकाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै नेता पुनको थप उपचारका लागि आवश्यक कदम चाल्न सुझाव दिनुभएको थियो ।

नेता पुनका स्वकीय सचिव सन्तोष पुनले अध्यक्ष प्रचण्डलगायतका नेताहरुको सल्लाहपछि थप उपचारका लागि उहाँलाई थाइल्याण्डको बु्रमुङगार्ड अस्पताल लैजाने तयारी गरिएको छ ।

उपचारमा संलग्न चिकित्सकका अनुसार नेता पुनलाई वंशानुगत रुपमा सङ्क्रमण भएको कमलपित्तले दुःख दिने गरेको छ । पूर्वअर्थ तथा ऊर्जामन्त्रीसमेत रहनुभएका नेता पुन बुधबार बिहानै श्रीमती तथा पूर्वसभामुख ओनसरी घर्तीका साथ बैंकक जाने तयारी गर्नुभएको छ ।

सम्बन्धित खबरहरु