काठमाडौं । एक शीर्ष राजनीतिज्ञको भिडियो लीक भएको छ । एक पाकिस्तानी नेताको आपत्तिजनक भिडियो बाहिर आएको हो ।

सिन्ध प्रान्तका पूर्व गभर्नर एवं पाकिस्तान मुल्सिम लीग–नवाज (पीएमएल–एन) का मोहम्मद जुबैरको भिडियो लीक भएको हो । उमेर पुगेकाहरुले मात्रै हेर्न मिल्ने भिडियो लीक भएपछि उनको चर्को आलोचना भइरहेको छ ।

लीक भिडियोमा मोहम्मद जुबैर एक अपरिचीत महिला संग देखिएका छन् । सो भिडियो गोप्य रुपमा रेकर्ड गरिएको थियो । पाकिस्तानमा मोहम्मद जुबैर ट्विटरमा ट्रेन्डिङ गरिरहेका छन् ।

सामाजिक सञ्जालमा भिडियोबारे मानिसहरुले अनेक प्रतिकृयाहरु दिइरहेका छन् । एक ट्विटर प्रयोगकर्ताले भनेका छन्, ‘मोहम्मद जुबैरको भिडियोको बारेमा थाहा पाएँ, पाकिस्तानमा फोहोरी राजनीति कस्तो स्तरमा पुगेको छ भनेर देख्दा दिक्क लाग्यो ।

पीएमएलएनसँग यो संकार छ । मरियम आफैं गर्वसाथ विश्वास गर्छिन् कि उनीसँग विभिन्न उच्च पदस्थ व्यक्तिहरुका भिडियो छन् ।’ यस प्रकरणमा बोल्दै उमरल भिडियोलाई फेक भनेका छन् ।

ट्विटरमा उनले भनेका छन, ‘यो कुनै राजनीति होइन । वास्तवमा यो एक गिरेको हर्कत हो । मविरुद्ध नक्कली र डब गरिएको भिडियो लीक गर्न शुरू गरिएको छ ।

जो कोहि यसको पछाडि छ, एक अत्यन्तै घटीया र लाजमर्दो कार्य गरेको छ । मैले मेरो देशको सेवा गरेको छु । ईमान्दारी, अखण्डता र प्रतिबद्धताका साथ मैले काम गरेको छु । पाकिस्तानको सुधारका लागी म मेरो आवाज बुलन्द गर्न जारी राख्नेछु ।’

सम्बन्धित खबरहरु