काठमाडौं । त्रिभुवन विश्वविद्यालयले महत्वपूर्ण सूचना प्रकाशित गरेको छ ।

त्रिवि कृषि र पशु विज्ञान अध्ययन संस्थान डीनको कार्यालय, कीर्तिपुरले जरुरी सूचना जारी गरेको हो ।

जारी सूचनामा भनिएको छ, ‘कृषि र पशु विज्ञान अध्ययन संस्थानद्धारा मिति २०७८/०५/२० गते प्रकाशित B.V.Sc.& A.H. को विद्यार्थी भर्ना सम्बन्धि सूचना वमोजिम तोकिएको समय भित्र रितपुर्वक आवेदन दिएका विद्यार्थीहरुको नामावलि र प्रवेश परीक्षा हुने मिति, स्थान र समय साथै परीक्षार्थीले पालना गर्नु पर्ने आचारसंहिता यसै सुचना साथ संलग्न गरी सम्बन्धित सबैको जानकारीको लागि प्रकाशित गरिएको छ ।’

त्रिविका अनुसार परीक्षार्थीले प्रवेश परीक्षा हुने स्थानको मुलढोकाबाट विहानको १०ः०० बजे प्रवेश गर्नुपर्नेछ ।

त्रिविले अगाडि भनेको छ, ‘पुनश्चः नामावलि प्रकाशनमा त्रुटी नहोस् भनि सतर्कता अपनाइएको छ ।

कुनै कारणवस त्रुटी पाइएमा यस कार्यलयको अभिलेखबाट सच्याइनेछ ।’ २०७८/०६/१६ गते, शनिवार विहानको ठिक ११ः०० बजे पुग्नु पर्नेछ । सूचना यहाँ पढ्नुहोस् । 

सम्बन्धित खबरहरु