काठमाडौ । आज मिति २०७८ आश्‍विन १३ गते प्रधान सेनापति महारथी श्री प्रभुराम शर्मा र मित्रराष्ट्र पाकिस्तानका कार्यबाहक राजदूत His Excellency Mr. Adnan Javed Khan बीच जंगी अड्डामा शिष्टाचार भेटघाट भएको छ ।

प्रधान सेनापतिको कार्यकक्षमा भएको उक्त भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।

यस किसिमको भेटवार्ताले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्‍वास नेपाली सेनाले लिएको छ ।

सम्बन्धित खबरहरु