काठमाडौं । ईलाम, ईलाम नगरपालिका-१ नेपालटारस्थित सडकमा ना.५ ख ४९८७ नम्बरको ट्रकको ठक्करबाट प्लेजुङ खुम्बेदिन बस्ने २३ वर्षीय राजेश नेपालको मंगलबार राति घटनास्थलमै मृत्यु भएको छ ।

पाँचथरबाट ईलातर्फ आउँदै गरेको प्र.१ ०१ ००१ ख ३४७१ नम्बरको मालबाहक ट्रकका सह चलाक राजेशलाई खाना खाई फर्कने क्रममा ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।

ट्रकका दुवै चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तनँहु, ब्यास नगरपालिका-१२ देउरालीस्थित सडकमा ग.१६ प १६७७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७२ वर्षीया चेतकुमारी जैशीको बुधबार बिहान मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको रत्नहरी अस्पताल दमौलीमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यता गुडिरहेको ट्याक्टरबाट लडेर एक जनाको मृत्यु भएको छ । कैलाली गौरीगंगा नगरपालिका-४ राजिपुर गौरीगंगा सामुदायिक वनस्थित सडकमा से.२ त ७१ नम्बरको ट्याक्टरबाट लडेर ट्याक्टरमा काम गर्ने सोही ठाउँ बस्ने १५ वर्षीय आशिष चौधरीको बुधबार बिहान मृत्यु भएको छ ।

ट्याक्टरबाट लडेर गम्भीर घाइते भएका उनको निसर्ग अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबरहरु