अर्घाखाँची । आफ्नै ३५ वर्षीया श्रीमती सिता बिकको ज्यान लिइएको अभियोगमा सन्धिखर्क नगरपालिका-७ न्युखोला बस्ने ३० वर्षीय बिष्णु विकलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

आपसमा सामान्य विवाद हुँदा मंगलबार राति बिष्णुले सिताको टाउकोमा लाठी प्रयोग गर्दा उनको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय अर्घाखाँची र प्रहरी चौकी नरपानीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

आफैले बोकेको हतियार पड्किएर घाइते
अर्घाखाँची सितगंगा नगरपालिका–९ धोखोला बस्ने २४ वर्षीय वीर बहादुर राना मगर आफैँले बोकेको भरुवा हतियार पड्किएर लाग्दा मंगलबार दिउँसो घाइते भएका छन् ।

भरुवा हतियार लिई जंगलतर्फ जाने क्रममा चिप्लिएर लड्दा हतियार पड्किएर लागी घाइते भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही हुँदै भैरहवा मेडिकल कलेज भैरहवा पठाइएको छ ।

घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सिद्धाराबाट खटिएको प्रहरीले उनकै घरबाट उक्त हतियार बरामद गरी यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबरहरु