काठमाडौं । वानेश्वर क्याम्पस नजिकै एक लाश फेला परेको छ । काठमाडौंको वानेश्वर क्याम्पस नजिकै आज बिहान एक जनाको लाश भेटिएको हो । क्याम्पस अगाडि वाग्मती खोलाको पुलमुनि एक जनाको लाश फेला पारिएको हो ।

[caption id="" align="aligncenter" width="800"] File Photo[/caption]

लाश महिलाको भएको खुल्न आएको छ । महानगरीय प्रहरी वृत्त वानेश्वरका प्रहरी नायव उपरीक्षक (डीएसपी) मिनबहादुर लामाले यसको पुष्टि गर्नुभयो ।

बिहान स्थानीयले लाश देखेपछि प्रहरीलाई खबर गरेका हुन् । खबर पाए लगत्तै वृत्तको टोली घटनास्थल पुगेको थियो ।

डीएसपी मीनबहादुर लामाले लाश कतैबाट बगाएर ल्याएर अड्किएको जस्तो देखिएको बताउनुभयो । विस्तृत विवरण भने पोष्ट मार्टमपछि थाहा हुने उहाँले जानकारी दिनुभयो ।

प्रहरीले लाशको सनाखत गर्न सकेको छैन । काठमाडौंको मुटुमा नै यसरी लाश फेला परेपछि मानिसहरु त्रासमा रहेका छन् ।

सम्बन्धित खबरहरु