काठमाडौ । पूर्व युवराज पारस शाह विश्वकै भद्र र कुशल राजा हुनसक्ने सम्भावना बोक्नुभएको युवराज हुनुहुन्थ्यो ।

उहाँलाई अरुले नै बिगारेको खुल्न आएको छ । सकुल शाह एक धार्मिक अभियानताले यस्तो खुलासा गर्नुभएको हो । उहाँ शिद्द पुरी अभियानका अध्यक्ष साथै राप्रपाका नेता पनि हुनुहुन्छ ।

हुन त उहाँले सधै राजसंस्थाको वकालत गर्नुहुन्छ । तरपनि केही सत्यमा आधारित भएर विचार राख्ने क्षमतावान व्यक्तित्व हो । यो पटक उहाँले पूर्व युवराज पारस शाहको बारेमा केही खुलासा गर्नुभएको छ ।

उहाँले भन्नुभयो यो देश शाह वंशका राजा पृथ्वी नारायण शाहले निर्माण गर्नुभएको हो । यो देश एकिकरण गर्न उहाँले कति दुख गर्नुभयो होला कसैले सोचेका छैनन ।

उहाँले थप्नुभयो हो उहाँ पृथ्वी नारायण शाहकै वंशज पारस शाहलाई जति तनाब अहिले कसलाई छ ? आफूले देश चलाउने बेलामा सत्ता छोड्नु पर्‍यो ।

पारसले आफ्नो तरिकाले आफ्नो जिवन बिताइ रहनु भाको छ कसैलाई कुनै असर पार्नु भएको छैन किन बेला बेला विवादमा तानेर दुख दिन्छन ? उहाँले प्रश्न गर्नुभयो ।

उहाँले पूर्व राजा ज्ञानेन्द्र शाहको पनि तारिफ गर्दै भन्नुभयो ज्ञानेन्द्र शाह त्यगी राजा हुनुहुन्छ । जनताको लागि गद्दी छोडेर माहान काम गर्नुभयो ।

त्यही महान व्यक्तिका सन्तान पारस शाहपनि अति नै भद्र र शालिन शासक हुनुहुन्थ्यो । उहाँलाई बिगार्ने नेपालका नेताहरु नै हुन् उहाँले भन्नुभयो ।

सम्बन्धित खबरहरु