काठमाडौं । त्रिभुवन विश्वविद्यालयले नजिता प्रकाशित गरेको छ । त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थानले नतिजा प्रकाशित गरेको हो ।

यही १२ गते त्रिविले नतिजा प्रकाशित गर्दै भनेको छ, ‘त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान, डीनको कार्यालय, परीक्षा शाखा, बल्खुबाट सेमेष्टर परीक्षा प्रणाली अन्तर्गत ग्रेडिङ सिस्टम अनुसार २०७८ साल भदौ महिनामा सञ्चालन भएको M.Phil.Math विषय प्रथम वर्ष दोश्रो शत्र २०७६ समूहको नियमित तथा सोही शत्रको सो भन्दा अगाडिका समूहको आंशिक परीक्षाको परीक्षाफल विज्ञान तथा प्रविधि अध्ययन संस्थान, परीक्षा सञ्चालक समितिको निर्णयानुसार प्रकाशित गरिएको छ । सो परीक्षामा निम्नांकित क्रमांक भएका परीक्षार्थीहरु उर्तीण भएका छन् ।’

त्रिविका अनुसार लब्धांक पत्र सम्बन्धित केन्द्रीय विभागबाट प्राप्त गर्न सकिनेछ ।

साथै, त्रिविद्धारा परीक्षाफल सकेसम्म त्रुटीरहित होस् भन्ने उदेश्य राखेर प्रकाशित गरिएको भए पनि छपाई तथा अन्य कुनै कारणबाट गल्ती भएमा कार्यालयको अभिलेखबाट सच्याउने जानकारी गराइएको छ ।

पुनर्योग गर्न चाहनेहरुले नतिजा प्रकाशित भएको मितिले २० दिनभित्र निवेदन दिनुपर्नेछ ।

सम्बन्धित खबरहरु