काठमाण्डौं । पूर्व युवराज्ञी हिमानी शाहको चर्चा उहाँको सुन्दरताको कारण पनि हुने गर्दछ । पूर्व राजपरिवारको पछिल्लो समयको महत्वपूर्ण सदस्य हिमानी शाह अहिले आफ्नै नाममा ट्रष्ट खोलेर समाजसेवामा ब्यस्त हुनुहुन्छ ।

पूर्व युवराज पारस शाहसँग उहाँको बैवाहिक सम्बन्ध त्यति सुमधुर रहेको पाइएको छैन ।

उहाँको र पारसको सम्बन्धका चीसो आएको समाचार बिभिन्न समयमा मिडियामा आइरहन्छन् । तर, महत्वपूर्ण पारिवारिक भेटघाटमा पारस र हिमानी साथै पनि देखिएका तस्वीरहरु सार्वजनिक हुने गर्दछन् ।

नेपालको राज घराना की पूर्वयुवराज्ञी हिमानी शाहको आज जन्मदिन परेको छ । आजकै दिन १९७६ मा भारतको राजस्थान सिकरमा जन्मे हुर्केकी हिमानी आजबाट ४४ बर्ष पूरा भएर ४५ औं वर्षमा प्रवेश गर्नुभएको छ ।

उहाँका ससुरा ज्ञानेन्द्र शाह नेपालका राजा रहेको बखत तत्कालिन राजदरवारले उहाँलाई नेपालकै थापाथलीमै जन्मिएको बताएको थियो ।

३ बच्चाकी आमा भए पनि सदावहार सुन्दरी हिमानी शाहलाई जन्मदिनको अवसरमा उहाँका आफन्त, शुभचिन्तक र सामाजिक सञ्जालका प्रयोगकर्ताहरुले शुभकामना दिइरहेका छन् ।

भारतको राजस्थानको सिकरका पूर्व सूर्यबंशी राजकूलका राजा बिक्रम सिंह र रानी बिपुला सिंहकी छोरी हिमानीको विबाह पारस शाहसँग २५ जनवरी २००० मा भएको थियो ।

उहाँहरुका एक छोरा हृदयेन्द्र शाह र दुई छोरी पूर्णिका शाह, कृतिका शाह रहेका छन् ।

पछिल्ला दिनमा ‘हिमानी ट्रस्ट’ नामक सामाजिक संस्थाबाट हिमानीले समाजसेवामा ब्यस्त हुनुहुन्छ भने छोराछोरीहरु थाइल्याण्डमा बसेर पढाई गरिरहेका छन् । पछिल्लो समय हिमानी र उहाँका छोरीहरुले बनाएको टिकटक पनि भाइरल भएको थियो ।

 

सम्बन्धित खबरहरु