काठमाडौं । काठमाडौं जिल्लामा अनावश्यक रुपमा भीडभाड, मेला महोत्स र सभा जुलुस आदि गर्न नपाइने भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज (बिहीबार) राति १२ बजेदेखि लागू हुनेगरी अर्को आदेश नभएसम्मका लागि सो निर्णय गरेको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोबिन्दप्रसाद रिजालद्वारा जारी आदेशमा घर बाहिर मानिसहरु जम्मा हुन नपाउने, भीडभाड गर्न नपाउने, सभा जुलुस गर्न नपाउने ।

जात्रा महोत्सव र भोज आदि गर्न नपाउने भनिएको छ । कोभिड–१९ सङ्क्रमण कायमै रहेको हुँदा अर्को आदेश नभएसम्मका लागि यस्तो व्यवस्था लागू गरिएको प्रजिअ रिजालद्वारा जारी आदेशमा उल्लेख छ ।

सम्बन्धित खबरहरु