काठमाडौं । सरकारले विभिन्न साइतहरु जारी गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संस्कृति शाखाबाट मिति २०७८।०६।०८ च.न. ५८ को पत्रानुसार २०७८ सालको वडादशैको शुभ साइतहरु प्रकाशित गरिएको हो ।

गृहमन्त्रालयद्धारा जारी साइतहरु निम्न बमोजिम रहेको व्यहोरा सबैको जानकारी गराइएको हो । मन्त्रालयले मातहतका कार्यालयहरुलाई समेत जानकारी गराइएको छ ।

२०७८ सालको वडादशैसँग सम्बन्धित साइतहरु

  • १. वि.सं. २०७८ असोज २१ गते बिहीबार नवरात्रारम्भ, घटस्थापना विहान ११:४६ बजे।

     

  • २. वि.सं. २०७८ असोज २२ गते शुक्रबार झण्डा फेर्ने, बिहान ११:५६ बजे (पश्चिम मोहडा)

     

  • ३. वि.सं. २०७८ असोज २५ गते सोमबार श्री पचलीभैरव यात्रा।

     

  • ४. वि.सं. २०७८ असोज २६ गते मङ्गलबार फूलपाती, श्री तुलजाभवानी यात्रा बिहान ७:११ बजे। स्थिरासन बिहान ८:४४ बजे ।

     

  • ५. वि.सं. २०७८ असोज २७ गते बुधबार महाअष्टमी, कालरात्रि । ६. वि.सं. २०७८ २८ गते बिहीबार महानवमी

     

  • ७. वि.सं. २०७८ असोज २९ गते शुक्रबार विजया दशमी, देवी विर्सजन बिहान ८:१९ ६ बजे। टीका - बिहान १०:२ बजे (व मेछा) श्री तुलजाभवानी यात्रा बिहान ७:१ बजे। स्थिरासन बिहान ८:३२ बजे, खड्गयात्रा।

     

  • ८. वि.सं. २०७८ कार्तिक २ गते मङ्गलबार अखिलबलिपूर्ति। ९. वि.सं. २०७८ कार्तिक २ गते मङ्गलवार कोजाग्रत व्रत।

सम्बन्धित खबरहरु