काठमाडौं । आज बसेको मन्त्रिपरिषद् बैठकले महत्वपूर्ण निर्णय गरेको छ । सरकारले स्वीजरल्याण्डको जेनेभामा आयोजना हुने विश्व व्यापार संगठन (डब्ल्यूटिओ)को १२ औँ मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन स्वीकृत दिने निर्णय गरेको हो ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै कानुनमन्त्री समेत रहनु भएका सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले यस्तो जानकारी दिनुभयो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सो प्रस्ताव बैठकले स्वीकृत गरेको उहाँले जानकारी गराउनुभयो ।

त्यसैगरी बैठकले इन्टरपोलको ८९ औँ महासभामा भाग लिन स्वीकृत दिने निर्णय गरेको पनि उल्लेख गर्नुभयो ।

बैठकमा सहसचिव प्रा गोपालप्रसाद सिग्देललाई राजपत्रांकित विशिष्ट श्रेणीमा बढुवा गर्ने निर्णय प्रवक्ता कार्कीले जानकारी गराउनुभयो ।

अर्कोतिर विभिन्न मन्त्रालय अन्तर्गतका विकास आयोजनाहरुका लागि अस्थायी स्वीकृत गर्ने निर्णय गरेको पनि उहाँले जानकारी दिनुभयो ।

सम्बन्धित खबरहरु