काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ८९८ जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा आठ हजार ५५५ वटा आरटीपीसीआर परीक्षण गरिएकोमा ८९८ जनामा सङ्क्रमणको पुष्टि भएको हो । यस्तै, तीन हजार २१० वटा एन्टीजेन परीक्षण गर्दा १८० जनाको कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९६.३ प्रतिशत रहेको जनाएको छ । पछिल्लो २४ घण्टामा ९११ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैगरी, पछिल्लो २४ घण्टामा १२ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म ११ हजार १३५ जना सङ्क्रमितले ज्यान गुमाएका छन् । सक्रिय सङ्क्रमित हुने १८ हजार १६८ जना छन् ।

सम्बन्धित खबरहरु