काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको भातृ संगठन प्रेस चौतारीले छान्यो एमाले बिधान महाधिवेशनका प्रतिनिधि चयन गरेको छ ।

प्रेस चौतारी नेपालले एमाले बिधान महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको टुंगो लगाएको हो । इञ्चार्ज सूर्य थापाको प्रमुख आतिथ्यमा बसेको केन्द्रीय सचिवालयको बैठक यस्तो निर्णय गरेको छ ।

म्यान्डेटअनुसार अध्यक्ष गणेश बस्नेतले महाधिवेशन प्रतिनिधिको नाम छनोट गर्नुभएको हो । एमालेले जनसंगठनलाई १० जना प्रतिनिधि तोकेको छ । सोहीअनुसार चौतारीले अध्यक्ष बस्नेतसहित १० जनाको नाम पठाएको हो ।

चौतारीले अध्यक्ष बस्नेतसहित अन्य माधव नेपाल, गणेश पाण्डे, टीका बिष्ट, बीरबहादुर गिरी, सविन प्रियाशन, राजेश राई, हिरामान लामा, रामकृष्ण शर्मा र इन्द्र आचार्यलाई महाधिवेशन प्रतिनिधि चयन गरेको जानकारी दिएको छ । नेकपा एमालेको महाधिवेशन भोलि (शुक्रबार) देखि तीन दिनसम्म चल्ने भएको छ ।

सम्बन्धित खबरहरु