काठमाडौ । सामाजिक सञ्जाल प्रयोग गर्न नजान्दा त्यसको दुरुपयोग बढेको छ ।

यसैलाई मध्यनजर गर्दै रुपन्देहीको लुम्बिनि वाणिज्य क्याम्पसले सोसल मिडिया सञ्चालनमा बन्देज लगाएको छ ।

क्याम्पस हाता भित्र टिकटक, फेसबुक, इन्स्टाग्राम, ईमो जस्ता सामाजिक सञ्जाल प्रयोग गरी कुनै पनि गतविधि गर्न निषेध गरेको हो ।

साथै यस्ता गतिविधि क्याम्पस हाता भित्र गरेको पाइएमा कानुनी कार्वाहीका लागि सिफारिश गरिने जानकारी क्याम्पस प्रमुख प्रा.डा. ताराप्रसाद उपाध्ययले जानकारी दिनुभयो ।

सहायक क्याम्पस प्रमुख बिष्णु जोशीले पठनपाठनको समयमा पनि कक्षा कोठामा नबसि विद्यार्थीले टिकटक बनाउने, सामाजिक सञ्जालको धेरै प्रयोग गर्ने गरेका कारण शैक्षिक वातावरणमा प्रभाव परेकाले निषेध गरिएको बताउनुभयो ।

अहिले देशभरी नै टिकटक आएपछि विद्यार्थीहरु पढ्न भन्दापनि टिकटकतिर बढी केन्द्रीत भएको देखिन्छ । टिकटकमा मोह बढेकाले उनीहरुले कक्षा नै छोडिरहेकाले देशभरी नै शैक्षिक संस्थामा सामाजिक सञ्जालमा बन्देज लगाउन माग भइरहेको छ ।

सम्बन्धित खबरहरु