काठमाडौं । संयुक्त राष्ट्र संघका ७ जना कर्मचारीहरुलाई देश निकाला गरिएको छ । इथियोपियाले आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै संयुक्त राष्ट्र संघका कर्मचारीहरुलाई देश निकाला गरेको हो ।

राष्ट्रसंघका कर्मचारीहरुले द्वन्द्वग्रस्त क्षेत्र टिग्रेमा मानवीय सहायता पुर्याउन सरकारले असहयोग गरेको आरोप लगाएका थिए ।

त्यसलगत्तै इथियोपिया सरकारले राष्ट्रसंघीय बाल कोष (युनिसेफ), मानवीय सहायता संयोजन कार्यालय लगायतका ७ जना कर्मचारीहरुलाई ७२ घण्टाभित्र देश छाड्न आदेश जारी गरेको हो । इथियोपियाको यो निर्णयप्रति संयुक्त राष्ट्रसंघले दुःख व्यक्त गरेको छ ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले इथियोपिया सरकारको निर्णयबाट आफू स्तब्ध बनेको प्रतिकृया दिनुभयो ।

इथियोपियाले अपेक्षाबारे छलफल गर्न आफूहरु तयार रहेको पनि संयुक्त राष्ट्रसंघका अधिकारीले बताएका छन् ।

गत वर्षको नोभेम्बरदेखि टिग्रे क्षेत्रमा सरकारी सेना र टिग्रे पिपुल्स लिबरेशन फ्रन्टबीच लडाइँ चर्किएको छ । उक्त क्षेत्रमा मानवीय संकट देखिएको हो ।

सम्बन्धित खबरहरु