काठमाडौं । नेपाल रेडक्रस सोसाईटी बाजुराको एम्बुलेन्स र बडिमालिका नगरपालिकाको डिजिटल बोर्ड तोडफोड भएको छ ।

नेपाली काँग्रेस बाजुराको ७ औँ जिल्ला अधिवेशनमा प्रदेश (ख) मा भएको निर्वाचनको मतगणना स्थल बडिमालिका नगरपालिकाको गेट भित्र राखेको एम्बुलेन्सको अगाडीको सिसा सबै फुटाएको प्रहरीले जनाएको छ ।

बडिमालिका नगरपालिकाको डिजिटल बोर्ड समेत फुटाएर तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको हो ।

बडिमालिका नगरपालिकाका प्रमुख पदम बडुवालले नेपाली कांग्रेस बाजुराका कार्यकर्ताले रातीको समयमा मदिरा सेवन गरी मतगणना स्थल नगरपालिकाको हलमा जान नदिएको भन्दै एम्बुलेन्स र डिजिटल बोर्ड तोडफोड गरेको भन्ने आफूले सुनेको बताउनुभयो ।

सो एम्बुलेन्स भारतीय दूतावासको सहयोगमा नेपाल रेडक्रस सोसाइटी उप शाखा बाजुराको नाममा रहेको छ एम्बुलेन्स कोभिड १९ को कारण बिरामी बोक्नुपर्छ भन्ने उद्देश्यका साथ जिल्ला प्रशासन कार्यालय बाजुराले मर्मत गरेर ल्याएको नेपाल रेडक्रस सोसाइटी बाजुराका सभापति राम बहादुर शाहीले बताउनु भएको छ ।

यसरी सार्वजनिक सामानहरू तोडफोड गर्ने जो सुकैलाई कानुनी दायरामा ल्याउन रेडक्रसले अनुरोध गरेको छ ।

सम्बन्धित खबरहरु