काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतको खुलेरै आलोचना गर्नुभएको छ ।

भारतको व्यवहार हस्तक्षेपकारी भएको भन्दै आलोचना गर्नुभएको हो । उहाँले भारतले नेपालमा चासो राख्न सक्ने तर हस्तक्षेप स्वीकार्य नहुने स्पष्ट पार्नुभएको हो ।

अध्यक्ष ओलीले आजदेखि शुरु भएको विधान महाधिवेशनमा सम्बोधन गर्दै नेपालमा भारतको चासो भएको उल्लेख गर्दै भन्नुभयो, ‘छिमेकबाट हस्तक्षेप नहोस् भन्नेमा नेपालको चासो छ ।’

पूर्वप्रधानमन्त्री ओलीले लिपुलेक, लिम्पियाधुरा, कालापानी र सुस्तालगायत भूभाग फिर्ता गरेर सीमाको व्यवस्थापन हुनुपर्ने बताउनुभयो ।

भारतको नेपालमा चासो रहेको तर हस्तक्षेप अस्वीकार्य हुने पनि स्पष्ट गर्नुभयो । भारत र पाकिस्तानबीचको तनावबारे पनि ओलीले बयान दिनु भएको छ ।

भारतसँग नेपाललगायत छिमेकी मुलुकका विवादित विषय समाधान हुन नसकेको अध्यक्ष ओलीको भनाई रहेको छ । ओलीले अमेरिकालगायत नाटो देशहरुको समेत आलोचना गर्नुभयो ।

अफगानिस्तानबाट अमेरिकी सैनिक हटेको उल्लेख गर्दै बाह्य हस्तक्षेप असफल भएको बताउनुभयो । कुनैपनि बहानामा बाह्य हस्तक्षेप ठिक नहुने उहाँको तर्क रहेको छ ।

सम्बन्धित खबरहरु