काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चीनको खुलेर प्रशंशा गर्नुभएको छ ।

आज गोदावरीमा विधान महाधिवेशनमा सम्बोधन गर्दै ओलीले चीनले विकास र गरिबी निवारणमा अभूतपूर्व सफलता हासिल गरेको भन्दै प्रशंशा गर्नुभएको हो ।

चीनले हासिल गरेको सफलता अभूतपूर्व भएको भन्दै ओलीले भन्नुभयो, ‘चीन विश्वमै उदाहरणीय बनेको छ ।’ समाजवादी मुलुक बन्नेतर्फ सफलता हासिल गरेकोमा चीन र त्यहाँका जनतालाई बधाई छ ।

उहाँले नेपाल एक चीन नीतिको पक्षमा रहेको बताउनुभयो । विश्व बहुध्रवीय बन्दै गएको उल्लेख गर्दै ब्रिक्स र क्वाडले चुनौती सृजना गरेको उल्लेख गर्नुभयो ।

एशिया प्रसान्त क्षेत्रमा शक्तिशाली देशहरु केन्द्रित हुन थालेको उहाँको भनाई रहेको छ । अध्यक्ष ओलीले एशिया प्रशान्त अमेरिकी रणनीति यसै विषयमा लक्षित भएको पनि स्पष्ट पार्नुभयो ।

ओलीले अकस भनिने अमेरिका, बेलायत र अष्ट्रेलियाको सुरक्षासम्बन्धी एलायन्सले तनाव सृजना गरेको टिप्पणी गर्नुभयो । उहाँले एशिया प्रशासन क्षेत्र नयाँ खालको द्वन्द्वको केन्द्र बन्दै गएको पनि जनाउनुभयो ।

सम्बन्धित खबरहरु