काठमाडौं । पूर्वजनमुक्ति सेनाका प्लाटुन कमान्डर तथा नेपाल कराते महासंघ अन्तर्राष्ट्रिय रेफ्री चित्रबहादुर राना नेकपा एमालेमा प्रवेश गरेका छन् । एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र एमाले केन्द्रीय सदस्य गुलावजंग शाहले रानालाई पार्टीमा स्वागत गर्नुभएको हो ।

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी माओवादीले गरेको दश वर्षे युद्धमा पूर्व जनमुक्ति सेनाको प्लाटुन कमान्डरका रुपमा रहनुभएका राना एकीकृत नेकपा माओवाद बागचौर नगरकमिटीका सदस्य रहेका थिए । राना बागचौर १० पिपलनेटा निवासी हुन् ।

आफू पूर्व जनमुक्ति सेनाको प्लाटुन कमान्डर र बागचौर नगरकमिटीमा रहेर एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवादीमा लामो समय सेवा गरेको सम्झदै उहाँले आफू खेल जगतको ब्यक्ति भएको र आफ्नो सम्पुर्ण गुरु तथा खेल क्षेत्रका साथीहरु एमालेमा रहेकाले आफू पनि उनीहरुसंग रहन पार्टी प्रवेश गरेको बताएका छन् ।

जनमुक्ति सेना र बागचौर नगर कमिटीमा रहँदा सबै माओवादी साथीहरुसँग मित्रवत व्यवहार गरेको भन्दै कुनै साथीहरुप्रति आफ्नो रिसिबी र आग्रह–पूर्वाग्रह भएर माओवादी पार्टी नछोडेको उनले स्पष्ट पारेका हुन् ।

सम्बन्धित खबरहरु