ललितपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको आफू नेतृत्वको एमाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कै निरन्तरताको विरासत बोकेको पार्टी भएको दावी गर्नुभएको छ ।

गोदावरीस्थित सनराइज हलमा शुरू भएको प्रथम विधान महाधिवेशन सम्मेलनलाई सम्बोधन गर्दै ओलीले एमालेले नेकपाको निरन्तरताको सकारात्मक विरासत बोकेको स्पष्ट पार्नुभएको हो ।

नेकपाको एकता निष्कर्षमा पुग्न नसकेपछि हामी एमालेका रूपमा क्रियाशील छौं । तर, यो नेकपा एमाले राजनीतिकरूपमा एकीकरण र नेकपाको निरन्तरतासहितको सकरात्मक विरासत बोकेको पार्टी हो ।

यो एकीकृत महाधिवेशन हो’, ओलीले सम्वोधन गर्दै भन्नुभयो । अझैपनि अधिकांश कम्युनिस्ट पार्टीहरु एमालेमा आएर मिल्न सक्ने उहाँले बताउनुभयो ।

उहाँले एमालेबाट बाहिरिनेहरू फुटपरस्त र संगठनात्मक अराजकता फैलाउनेहरू मात्र भएको टिप्पणी गर्नुभयो । ‘केही व्यक्तिहरू बाहिरिएका छन् । संगठनात्मक अराजकता र फुटलाई उनीहरूले प्रश्रय दिएका छन् ।

एमालेविरुद्ध संगठित प्रहार सुरू भएको छ’, तर त्यसले खासै प्रभाव पार्दैन । हामी देशकै पहिलो पार्टी हो अब झनै शक्तिशाली बन्नेछौ ।

 

सम्बन्धित खबरहरु