काठमाडौं । प्रमुख प्रतिपिक्षी दल नेकपा एमालेले आइतबार सम्ममा नयाँ विधान जारी गर्दैछ । विधानमा अब पोलिटव्यूरो कमिटी नरहने भएको छ ।

केन्द्रीय कमिटीपछि स्थायी कमिटी रहनेछ । आजदेखि ललितपुरको सनराईज हलमा प्रथम विधान महाधिवेशन चलिरहेको छ । महाधिवेशनमा ६ हजार प्रतिनिधि सहभागी छन् ।

अध्यक्षको नेतृत्वमा पदाधिकारीहरू सदस्य रहेको केन्द्रीय सचिवालय गठन हुने व्यवस्था विधानमा प्रस्ताव गरिएको छ ।

अध्यक्ष, ५ उपाध्यक्ष, महासचिव र ६ जना सचिव रहेको सचिवालय अब एमालेमा शक्तिशाली निकाय बन्ने देखिएको छ ।

त्यस्तै महासचिवको नेतृत्वमा सचिवहरू रहेको केन्द्रीय कार्यालय रहने भएको छ ।

एमालेले बढीमा ४१ सदस्यीय स्थायी कमिटी गठन गर्ने प्रस्ताव विधानमा गरेको छ ।

विधान महाधिवेशनमा प्रस्तुत मस्यौदामा केन्द्रीय सदस्य हुन कम्तीमा १५ वर्ष पार्टी सदस्य हुनुपर्ने व्यवस्था समेत राखिएको छ । हेर्नुहोस् अरु के–के व्यवस्था छन् ।

माथीको हाइलाईट मात्र हो पूरा पढ्न पूर्णपाठमामा क्लिक गर्नुहोस् ।

सम्बन्धित खबरहरु