काठमाडौं । त्रिभुवन विश्वविद्यालयले जरुरी सूचना प्रकाशित भएको छ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले जरुरी सूचना जारी गरेको हो ।

त्रिविले ३ वर्षे स्नातक तह तेस्रो वर्षको नियमित, आंशिक र प्राइभेट परीक्षा दिने परीक्षार्थीहरुका लागि परीक्षा आवेदन फारम भर्ने सूचना सम्बन्धि प्रकाशित गरेको हो ।

३ वर्षे स्नातक तह तेश्रो वर्षको नियमित आंशिक तथा प्राइभेट परीक्षा दिने परीक्षार्थीहरुको परीक्षा आवेदन फारम भर्ने सूचना प्रकाशित गर्दै भनिएको छ, ‘त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुसार २०७८ सालमा सञ्चालन हुने तीन वर्षे स्नातक तह

मानविकी संकायका नियमित तथा आंशिक तथा प्राइभेट, शिक्षाशास्त्र संकायका आंशिक परीक्षार्थीहरुले आ–आफ्नो क्याम्पस÷कलेजमा र प्राइभेट परीक्षार्थीले सोझै यस कार्यालय वा

आफुलाई पायक पर्ने सम्बन्धित क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयमा मिति २०७८ साल आश्विन १२ गते देखि २०७८ साल कार्तिक १७ गतेसम्ममा नियमित दस्तुर र साधारण म्याद सकिएको एक हप्ताभित्र दोब्बर दस्तुरसहित २०७८ कात्तिक २८ गते सम्म आवेदन फारम भरी बुझाउनु हुन सम्बन्धित सबैको जानकारीका यो सूचना प्रकाशित गरिएको छ ।’

सम्बन्धित खबरहरु