काठमाडौं । त्रिभुवन विश्वविद्यालयले नतिजा प्रकाशित गरेको छ । त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय परीक्षा शाखा बल्खुले परीक्षाफल प्रकाशित गरेको हो ।

बिहीबार प्रकाशित गरिएको नतिजामा भनिएको छ, ‘त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय परीक्षा शाखा बल्खुद्वारा सेमेस्टर परीक्षा प्रणाली अन्तर्गत ग्रेडिङ सिस्टम अनुसार

२०७७ साल चैत्र र २०७८ साल वैशाख महिनामा सञ्चालन भएको स्नातकोत्तर तह प्राणी शास्त्र विषय प्रथम बर्ष प्रथम शत्र २०७६ समुहको नियमित तथा सोही शत्रको सो भन्दा अगाडिका समूहको आंशिक परीक्षाको परीक्षाफल विज्ञान तथा प्रविधि अध्ययन संस्थान परीक्षा संचालक समितिको निर्णय अनुसार प्रकाशित गरिएको छ ।’

त्रिविका अनुसार लब्धाङ्कपत्र सम्बन्धित केन्द्रीय विभाग वा कलेजबाट प्राप्त गर्न सकिन्छ ।

अगाडि त्रिविले परीक्षाफल सकेसम्म त्रुटीरहित होस् भन्ने उद्देश्य राखेर प्रकाशित गरिएको भन्दै छपाइ तथा अन्य कुनै कारणबाट गल्ती भएमा कार्यालयको मुल अभिलेख अनुसार सच्याइने व्यहोरा समेत स्पष्ट पारेको छ ।

नतिजा चित्त नबुझेका परीक्षार्थीहरुले परीक्षाफल प्रकाशित भएको मितिले २० दिनभित्र पुनर्योगका लागि निवेदन दिनु पर्नेछ ।

सम्बन्धित खबरहरु