काठमाडौं । पशुपतिको बाबालाई छुरि हानेर फरार रहेका व्यक्ति पक्राउ परेका छन् ।

११ गते बिहान ०५ः४५ बजे काठमाडौं महानगरपालिका–८ पशुपति स्थित विश्वरुपा जाने बाटोको छेउको झाडीमा बस्ने सन्तोष भन्ने बाबालाई खुकुरी प्रहार गरी फरार रहेका व्यक्ति पक्राउ परेका हुन् ।

पक्राउ पर्ने व्यक्ति तारा बहादुर लामिछाने रहेका छन् । ३७ वर्ष उनी चितवन जगतपुर नयाँवस्ति ५ बस्दै आएका थिए ।

महानगरीय प्रहरी परिसर काठमाडौंले खोजतलास गर्दा आज बिहान ८ बजे हेपाली हाईटबाट पक्राउ परेका हुन् । घटनामा प्रयोग भएको खुकुरी र झोला पनि प्रहरीले बरामद गरेको छ ।

उनीहरुले गाँजा माग्दा नदिएको भन्दै युवाको एक समूहले पशुपति मन्दिर परिसरमा एक ‘बाबा’माथि खुकुरी प्रहार गरेको थियो । यसअघि नै खुकुरी प्रहारमा संलग्न भएको आशंकामा १२ जनालाई पक्राउ गरिएको थियो ।

पशुपति मन्दिर परिसरको विश्वरुपा मन्दिर परिसरअघि सन्तोष ‘बाबा’माथि खुकुरी प्रहार भएको हो । खुकुरी प्रहारबाट घाइते उनलाई उपचारका लागि ट्रमा सेन्टर पठाइएको छ ।

सम्बन्धित खबरहरु