काठमाडौ । नेपाली फुटबल टोलीले चमत्कारीक जित दर्ता गराएको छ । शुक्रबार साफ च्याम्पियनसिप २०२१ मा आयोजक राष्ट्र माल्दिभ्सलाई उसको घरेलु मैदानमा नै हराउँदै इतिहास रचेको हो ।

कतारमा तयारी गरेर ओमानविरुद्ध अभ्यास खेल खेलेपछि माले पुगेको नेपाली राष्ट्रिय टोलीले आयोजक माल्दिभ्सविरुद्धको खेलमा अन्तिम ८६ मिनेटमा गोल गर्दै जित हासिल गरेको हो ।

पहिलोपल्ट साफ च्याम्पियन बन्ने अभियानमा रहेको नेपाली टिमले दक्षिण एसियाली फुटबलकै सबैभन्दा प्रतिष्ठित प्रतियोगिताको तयारीमा दशरथ रंगशालामा भारतविरुद्ध दुई मैत्रीपूर्ण खेल पनि खेलेको थियो ।

यस आधारमा कुवेती प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीका टिम राम्रो तयारीसाथ माले पुगेको भन्न मिल्छ । अल्मुताइरीको मुख्य लक्ष्य पनि साफको उपाधि नै हो, जहाँ नेपाली टिम हालसम्म सेमिफाइनलभन्दा माथि उक्लिएको छ ।

युवा फरवार्ड मनिष डाँगीको गोलमा नेपालले साफ च्याम्पियनसिप अन्तर्गत माल्दिभ्सविरुद्ध खेल जितेको हो ।

खेलको ८६ औं मिनेटमा मनिषले काउन्टर अट्याकमा आएको आक्रमणलाई अघि बढाउँदै गोल गरेका थिए । तीन डिफेन्डरको चुनौती काट्दै उनले गोलरक्षकलाई वन भर्सेस वनको स्थितिमा बिट गरेका थिए ।

डिफेन्डिङ च्याम्पियन पनि हो माल्दिभ्स । उपाधि विजेतालाई सुरुमा नै हराएर नेपालले आफूलाई यो पटकको उपाधि दाबेदारको सन्देश दिएको छ ।

ढाकामा भएको साफ २०१८ को उपाधि यात्रामा माल्दिभ्सले नेपाललाई सेमिफाइनलमा ३–० ले हराएको थियो । टोलीले फाइनलमा भारतलाई २–१ ले पन्छाउँदै दोस्रोपल्ट साफको ट्रफी कब्जा गरेको थियो ।

यस प्रतियोगितामा नेपालले हालसम्म माल्दिभ्सलाई हराएको छैन । यो नै पहिलो इतिहास हो ।

मालेमा बिहीबार आयोजित प्रि–म्याच प्रेस कन्फ्रेन्समा नेपाली कप्तान किरण चेम्जोङले भने, ‘माल्दिभ्सलाई घरेलु मैदान र समर्थकको फाइदा छ । हामी सबै समर्थकलाई सम्मान गर्छौं तर ती अवसरले हामीलाई केही गर्ने छैन ।

हामी यहाँ नतिजा हात पार्न मैदानमा प्रतिस्पर्धा गर्न आएका हौं ।’ भनेका थिए नभन्दै पूरा गरे ।

सम्बन्धित खबरहरु