सुजित कुमार खड्का । लामो समयदेखी पुर्बी नेपालको झापादेखी अमेरिकासम्मको यात्रा एबम बसोबासको क्रमममा विभिन्न उतारचडाबका बिचमा आफ्नो कमाइ मात्र नभइ सामाजिक, आर्थिक र राजनीति लडाइ पनि हो भन्दै अनबरत रुपमा अमेरिकाको विभिन्न संघ सस्थामा नेतृत्वदायी भूमिका निभाउदै आउनु भएकी संघर्सशील जुझारु उदयमान महिला नेत्रि यति बेला गैरआवासीय नेपाली संघ (एनआरएन) केन्द्रिय सह -कोषाध्यक्ष पदमा आफ्नो उमेद्वारी घोषणा गरिसक्नु भएको छ।

 

नेपालीहरुको संघ सस्था बलियो भए उनीहरूको आवाज स्वत: बलियो हुने दाबी गर्दै आउनु भएकी भटराई कुनै ब्यक्तिभन्दा त्यो सस्थाको बिचार र नीति प्रदान महत्वपूर्ण हुने विश्वास सार्बजनिक मंचमा समेत उठाउदै आउनु भएको छ।

सायद यीनै प्रस्ट विचार, सामुहिक नेतृत्वको भाबना र सक्रिय रुपमा आम नेपाली अमेरिकन समक्ष सामाजिक जीवनको यात्रामा गोलबन्ध गर्दै अनेकन् समस्याहरुसंग जुध्दै छिचोल्दै ।

 

साथै उतिक्कै प्रगति र समृद्धिको ढोका खोल्न सबै नेपाली अमेरिकीहरुलाई हौसला र प्रेरणा प्रदान गर्दै आउनु भएकी तिनै उदाहरणीय ब्यक्तिको नाम हो हुन्, यमुना भटराई।

 

विगत लामो समयदेखि अमेरिकाको टेक्सस राज्यमा बसोबास गर्दै आउनु भएकी यमुना भट्टराई विभिन्न व्यवसायसित उतिकै सम्बद्ध रहि नेपाल र नेपाली समाजमा सहयोगी व्यक्तित्वको रूपमा मात्र नभइ सिंगो नेपाल राष्ट्रको गौरबको रुपमा नेपाली र अमेरिकी समाजका बिचमा समेत स्थापित भैसक्नु भएको छ !

 

अमेरिका आगमन संगै यहाको स्थानीय तथा केन्द्रीय तहका सामाजिक संघ संस्थाहरूमा आबदृ रही क्रियासिल रहदै आउनुभएको कुरा हामि सबैमा सर्बबिदितै छ।

साथै उहाँको परिचय सफल व्यवसायिक जिबनमा मात्र सिमीत नरहेर एक समाजसेवीको रूपमा पनि परिचित हुनुहुन्छ भंन्य कुरा दिनको घाम झैँ छर्लंग छ।

यतिबेला गैर आवासीय संघ अन्तरास्ट्रिय समन्वय परिषदको आइसिसीको सदस्यमा समेत रहनुभएकी भट्टराईले देशबाट बाहिर रहेका नेपाली महिला दिदिबहिनीले भोग्नु समस्या र त्यसको समाधानका लागि आवाज उठाउदै आइरहनु भएको छ।

आफ्नो जन्मभूमि छाडेर पराय देश पुगेका महिलाले अवसर ,चुनौती र परिस्थितिको सदुपयोग गर्दै प्रगति गर्न सक्छन र, आफ्नो बेग्लै पहिचान पनि बनाउन सक्छन् भन्ने कुरालाई सावित गर्नु भएकी भट्टराई आफु सामाजिक कार्यमा निरन्तर लागिरहने पनि बताउदै आउनु भएको छ ।

तसर्थ 'सामाजिक कार्य प्रतिकोआफ्नो जिम्मेवारी र उत्तरदायित्वलाई बोध गरेर आफु निरन्तर सस्थाको हितमा लागिरहने प्रतिबद्धता व्यक्त गर्दछु भन्ने उहाको त्यो अठोट र साहसलाइ कदर गर्दै निकट भबिस्यमा हुने निर्बाचनमा तपाइको अमुल्य मतले बिजयी 'बनाउन सबैमा हार्दिक अपिल गर्दछौ !!

जसले गर्दा विभिन्न कारणले बिदेसिन बाध्य हामी सबै नेपाली महिलाहरु, पुरुस जो भएपनि आफुजस्तै सफल बनुन भन्ने चाहना राख्ने यमुना भट्टराईको पक्षमा यति बेला राम्रो माहोल सिर्जना हुनुले पनि उहा प्रतिको विश्वासलाइ नेपाली समाजले राम्ररी बुझेका रहेछन् भन्ने आभास आम नेपालीलाई भएको छ ।

रुपान्तरण र समाबेसी एकताको प्रतिक यमुना भटराई लाइ सह -कोषाध्यक्ष पदमा बिजयी बनाअैा !

 

सम्बन्धित खबरहरु