काठमाडौं । पत्रकारिता तालिममा अनियमितता भएको आरोपमा अख्तियार दुरुपयोग अनुुसन्धान आयोगले छ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

मकवानपुर जिल्लाको कैलाश गाउँपालिकाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतसहित छ जनाउपर अख्तियारले शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार कैलाश गाउँपालिकाका अध्यक्ष टङ्कबहादुर मोक्तान, फिलिङ्गो मिडिया प्रालिका रामकुमार रिजाल र गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर कुसारी, लेखापाल सुजन श्रेष्ठ, आन्तरिक लेखा परीक्षक त्रिलोक थापामगर र सामाजिक विकास अधिकृत मोहनप्रसाद पौडेलविरुद्ध मुद्दा दायर गरिएको हो । छ जनाउपर जनही दुई लाख ६० हजार नौ सय रुपियाँ बिगो मागदाबी लिइएको छ ।

आर्थिक वर्ष २०७५÷७६ मा युवा क्षमता विकास तालिम र आधारभूत पत्रकारिता तालिमको क्रममा फिलिङ्गो मिडियाले भुक्तानी लिनुपर्नेभन्दा बढी रुपियाँ लिएको अनुसन्धानबाट पुष्टि भएको पाइएपछि भ्रष्टाचार मुद्दा दायर गरिएको उहाँले जानकारी दिनुभयो ।

सम्बन्धित खबरहरु