काठमाडौं । त्रिभुवन विश्वविद्यालयले महत्वपूर्ण सूचना जारी गरेको छ । त्रिविले आजको गोरखापत्रमा जरुरी सूचना प्रकाशित गरेको हो । त्रिवि मानविकी तथा सामाजिक शास्त्र सङ्काय डीनको कार्यालय, बल्खु, काठमाडौंले सूचना जारी गरेको छ । सम्बन्धन नवीकरणका निमित्त समयावधि थप गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना प्रकाशित भएको हो ।

जारी सूचनामा भनिएको छ, ‘यस मानविकी तथा सामाजिक शास्त्र सङ्काय, डीन कार्यालयबाट सम्बन्धन प्राप्त गरेका क्याम्पस (सामुदायिक र निजी) ले सम्बन्धन कार्यक्रम नवीकरण गर्न मिति २०७८ आषाढ २० गतेसम्म समय तोकिएकोमा सो मिति भित्र छुट भएका क्याम्पस (सामुदायिक र निजी) ले यही २०७८ कार्तिक मसान्तभित्र सम्पर्क राखी अनिवार्य रूपमा सम्बन्धन कार्यक्रम नवीकरणका लागि यो सूचना प्रकाशित गरिएको छ ।’

मानविकी तथा सामाजिक शास्त्र सङ्काय सहायक डीनले जारी गरेको सूचनामा अगाडि भनिएको छ, ‘सो सम्बन्धी नवीकरण फाराम यस कार्यालयको Website: www.tufohss.edu.np बाट Download गरी प्राप्त गर्न सकिने छ ।’

सम्बन्धित खबरहरु