काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसका नेता गगन थापाले आगामी चुनावमा सबै कम्युनिष्टहरु मिलेर आएपनि काँग्रेस एक्लैले जित्ने तागत राख्नुपर्ने बताउनुभएको छ ।

शनिबार काँग्रेसको काठमाडौं महानगरपालिका अधिवेशनको कार्यक्रममा नेता थापाले महाधिवेशनबाट आमनागरिकका आकांक्षा पूरा गर्नसक्नुपर्ने बताउनुहुँदै आगामी निर्वाचनमा कम्युनिष्टलाई हराउन सक्ने गरी पनि नेतृत्व चयनमा जोड दिइनुपर्ने बताउनुभएको हो ।

‘काँग्रेसले सिंगो देशलाई भरोसा दिन सक्नुपर्छ, यो भन्दा अर्को विकल्प छैन । पार्टीलाई अझ राम्रो बनाउने हो भने अधिवेशनबाट नागरिकको भाषा, धर्म, संस्कार, संस्कृति लगायतका विषयमा प्रष्ट भन्न सक्ने नेृतृत्व अधिवेशनबाट आउनुपर्छ ।

काँग्रेसभित्र शुद्धीकरण र सुदृढिकरणको खाँचो छ’, थापा बताउनुहुन्छ । काँग्रेसले निर्माण गरेको जगमा विगत तीन वर्ष कम्युनिष्टको नेतृत्वको सरकारले पाएको अभूतपूर्व मौका खेर गएको थापाले बताउनुभयो ।

यति मात्रै होइन, कम्युनिष्ट सरकारले त्यो जगमा समेत भत्काएको आरोप उहाँले लगाउनुभएको छ ।

सम्बन्धित खबरहरु