काठमाडौं । ओखलढुंगाकोे चम्पादेवी गाउँपालिकाको घोराखोरीबाट काठमाडौं जाँदै गरेको यात्रुबाहक बस दुर्घटना भएको छ । दुर्घटनामा चम्पादेवी ६ का मिनबहादुर खड्का घाइते भएका छन् ।

बा ३ ख९३०४ नम्बरको बस आज विहान साढे ६ बजे भदौरे भन्ने स्थानमा सडकमा चिप्लिएर पल्टिएको हो ।

खड्काको प्राथमिक स्वास्थ्य केन्द्र रानीवनमा प्राथमिक उपचार पस्चात हेलीकप्टरबाट काठमाण्डौं पठाउने तयारी भइरहेको वडा नं. ६ का वडा अध्यक्ष तिलक खड्रका बिद्रोहले जानकारी दिनुभयो ।

बसमा २१ जना यात्रु रहेका थिए । अन्य यात्रु भने सकुशल छन् । सडकमा चिप्लीएर दुर्घटना भएको बस ।

यो पनि, कपिलवस्तुको बाणगंगा नगरपालिका ७ लक्ष्मणघाट नजिकको कल्भर्टबाट खस्दा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही वडा मोतीपुर घर भएका वर्ष ५५ को रुक्मागत बेल्वासेका छोरा माधव बेल्वासे रहेका छन् । स्थानीयले कल्भर्ट मुनी शव देखेपछि प्रहरीलाई खबर गरिएको थियो ।

मृतक बेल्वासेको शवको पोस्ट मार्टमको लागि अस्पताल पुराउने तयारी भएको प्रहरीले जनाएको छ ।

मृतक बेल्वासे भारतीय सेनाका अवकाश प्राप्त कर्मचारी समेत हुनुहुन्छ । उहाँको दुई छोरा र एक छोरी रहेका छन् ।

घटनाप्रति थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक दिनेश गुरुङले बताउनुभयो ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

सम्बन्धित खबरहरु