काठमाडौं । गत २४ घण्टामा ८६७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ५५९८ नमुनाको पीसीआर टेष्ट गर्दा ६५९ जना र २६२१ जनाको एन्टिजेन टेष्ट गर्दा २०८ जना गरी ८६७ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये काठमाडौं जिल्लामा १६४, ललितपुरमा ६५ र भक्तपुरमा २६ जना गरी उपत्यकामा २५५ जना रहेका छन् ।

त्यस्तै झापामा ५०, मोरङमा ४६, सुनसरीमा ३०, चितवनमा १९, कास्कीमा ३८, रुपन्देहीमा ३७, सुर्खेतमा ३३ र कैलालीमा २३ संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा ६५९ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् ।

पाँच हजार ५९८ वटा आरटीपीसीआर परीक्षण गरिएकोमा ६५९ जनामा सङ्क्रमणको पुष्टि भएको हो । यस्तै, दुई हजार ६२१ वटा एन्टीजेन परीक्षण गर्दा २०८ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९६.४ प्रतिशत रहेको जनाएको छ ।

पछिल्लो २४ घण्टामा एक हजार १२३ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैगरी, पछिल्लो २४ घण्टामा नौ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म ११ हजार १५७ जना सङ्क्रमितले ज्यान गुमाएका छन् । सक्रिय सङ्क्रमित हुने १७ हजार ६५२ जना छन् ।

सम्बन्धित खबरहरु