काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री इमरान खानको पुत्ला दहन गरिएको छ ।

राष्ट्रिय एकता अभियानले बाराको कलैयामा प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दी र पाकिस्तानी प्रधानमन्त्री खानको पुत्ला दहन गरेको हो ।

अभियानले मदरसा शिक्षा विधेयकको विरोध गर्दै मुख्यमन्त्री राउत र पाकिस्तानी प्रधानमन्त्री खानको पुत्ला दहन गरेको छ ।

अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले भ्रष्टाचारमा लिप्त मुख्यमन्त्री राउतले तत्काल राजीनामा दिनुपर्ने माग गर्नुभयो । पाकिस्तानको इशारामा प्रदेश २ लाई तालिबान बनाउन खोजिएको उनीहरुको आरोप छ ।

प्रदर्शनको क्रममा, ‘इमरान खान मुर्दावाद, मदरसा शिक्षा विधेयक फिर्ता गर, प्रदेशलाई तालिबान बनाउने मुख्यमन्त्री राजीनामा दे, सुरक्षा दिन नसक्ने मुख्यमन्त्री मुर्दावाद, भ्रष्ट कमिसनखोर मुख्यमन्त्री राजीनामा दे र संघीय हिन्दू गणतन्त्र जिन्दावाद’ भन्नेजस्ता प्ले कार्ड बोकेर मुख्यमन्त्री राउतविरुद्ध चर्को नाराबाजी लगाइएको थियो ।

सम्बन्धित खबरहरु