काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी दिनमा माओवादी केन्द्र देशको पहिलो पार्टी बन्ने दाबी गर्नुभएको छ ।

उहाँले पहिलो पार्टी बनेसँगै देशभरका सम्पूर्ण क्रान्तिकारी कम्युनिस्ट पार्टीबीच माओवादी पार्टीले नै एकताका लागि पहल गर्ने बताउनुभयो ।

ललितपुरमा पार्टीको सम्पर्क समन्वय विशेष प्रदेश समितिद्वारा शनिबार आयोजित प्रशिक्षण कार्यक्रममा अध्यक्ष प्रचण्डले नेता कार्यकर्तालाई माओवादीविरुद्ध लाग्नेको प्रतिवाद गर्न निर्देशन दिनुभयो ।

उहाँले निर्वाचन केन्द्रित भएर जनताका बीचमा जान पार्टीका कार्यकर्तालाई निर्देशन पनि दिनुभयो ।

अध्यक्ष प्रचण्डले एमालेसँग प्रतिकार नगरी आगामी निर्वाचन जित्न नसक्ने भएकाले प्रतिवाद गर्ने निष्कर्ष निकालेको पनि बताउनुभयो ।

नेकपा (एमाले)प्रति निकै आक्रामक देखिनुभएको प्रचण्डले एमालेलाई गणतन्त्र, सङ्घीयताविरोधी भएको आरोप लगाउनुभयो ।

उहाँले प्रतिनिधि सभा विघटनविरुद्धको आन्दोलनमा विजयी भएसँगै आफूखुसी भएको भन्नुभयो ।

सम्बन्धित खबरहरु