काठमाडौं । शुक्रबारदेखि सुरु भएको नेकपा एमालेको विधान महाधिवेशनमा आज पार्टी अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिनुहुने भएको छ ।

पूर्वप्रधानमन्त्री समेत रहनु भएका ओलीले राजनीतिक प्रतिवेदनमा उठेका प्रश्नहरुको जवाफ दिन लाग्नु भएको हो ।

त्यसैगरी महासचिव ईश्वर पोखरेलले सांगठनिक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलले पनि विधान संशोधन प्रस्तावबारे जवाफ दिनुहुनेछ । असोज १५ गतेदेखि सुरु भएको विधान महाधिवेशन आज सकिनेछ ।

ललितपुरको गोदावरीमा जारी विधान महाधिवेशनमा देशभरबाट ६ हजार ३ सय ४७ प्रतिनिधि सहभागी रहेको नेकपा एमालेले जानकारी दिएको छ ।

नेकपा एमालेलाई अझै सशक्त बनाउनु पर्ने र केन्द्रमा पदाधिकारीहरुको संख्या बढाउनुपर्ने लगायतका सुझाव आएका प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो ।

सम्बन्धित खबरहरु