काठमाडौं । भारतको नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले सुपरस्टार शाहरुख खानका छोरा आर्यन खानलाई मुम्बई क्रुज ड्रग्स मुद्दामा सोधपुछ गरिरहेको खुलेको छ ।

एनसीबी टोलीले हिजो राती मुम्बईमा एक क्रूजमा छापा मारेको थियो । इन्डिया टुडेको रिपोर्ट अनुसार भनिएको छ कि शाहरुख खानका छोरा आर्यन खानलाई एनसीबीले सोधपुछ गरिरहेको छ ।

एनसीबी जोनल निर्देशक समीर वानखेडेले इन्डिया टुडेलाई भने कि आर्यन खानलाई कुनै आरोपमा मुद्दा दर्ता गरिएको छैन न त उनी अहिले सम्म पक्राउ परेका छन् ।

शनिबार मुम्बईको समुद्री क्षेत्रमा क्रूजमा जाँदै गरेको एक ड्रग्स पार्टीमा एक ठूलो कारबाहीको क्रममा एनसीबीले ठूलो मात्रामा लागुऔषध बरामद गरी १० जनालाई पक्राउ गरेको छ । रिपोर्टका अनुसार यो जहाज मुम्बई बाट गोवा जाँदै थियो ।

मिडिया रिपोर्टका अनुसार पक्राउ परेका मध्ये दुई जना हरियाणा र दिल्लीका लागुऔषध तस्कर हुन् । यो मात्र हैन, प्रत्येक व्यक्तिले त्यस पार्टीमा प्रवेशको लागी भारु ८० हजार रुपैयाँ भन्दा बढि शुल्क तिरेका थिए ।

एक ठोस जानकारी प्राप्त गरेपछि, एनसीबी मुम्बई क्षेत्रीय निर्देशक समीर वानखेडे र अन्य एनसीबी अधिकारीहरु सामान्य यात्रुहरुको रूपमा जहाजमा चढेका थिए ।

मुम्बई छोडेपछि जहाज समुद्रको बिचमा पुग्नै लाग्दा पार्टी सुरु भयो । त्यसपछि एनसीबी अधिकारीहरु कारबाही थालेका हुन् । छापा सात घण्टाको लागी जारी राखिएको थियो ।

सम्बन्धित खबरहरु