काठमाडौं । महोत्तरी गाउँपालिका–२ अनैठामा गएराति एक बालकको सर्पले डसेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा मदन रामका १३ वर्षीय छोरा आकाश रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिनुभयो ।

उहाँका अनुसार ओछ्यानमा सुतिरहेका अवस्थामा बालकलाई सर्पले डसेको र धनुषाको महेन्द्रनगरस्थित सर्पदंश उपचार केन्द्रमा ¥याइएको थियो ।

केन्द्रमा उपचार गरी घर फर्किदै गरेका अवस्थामा बालकको स्वास्थ्यस्थिति जटिल बनेपछि जिल्ला अस्पताल जलेश्वरमा लगिएको र अस्पतालमा नै बालकको मृत्यु भएको जनाइएको छ ।

सबै सर्प विषालु हुँदैनन
विश्वमा हालसम्म पन्ध्र परिवारअन्तर्गत करीब २ हजार ९ सय प्रजातिका सर्प पाइएका छन्। त्यसमध्ये नेपालमा करिब ८० देखि ८९ प्रजातिका सर्प पाइन्छ भन्ने जीवशास्त्री हरूको अनुमान छ।

संसारमा पाइने करिब २ हजार ९ सय प्रजातिका सर्पमध्ये केवल ७ सय ५० मात्र विषालु छन्। अझ त्यसमा पनि केवल २ सय ५० प्रजातिका सर्प मानिसका लागि खतरनाक मानिन्छन्।नेपालमा पाईने सर्प मध्ये २० प्रजाति मात्र विषालु हुन्छन्।

अझ त्यसमा पनि कोब्रा, करेत र दुई प्रजातिका भाइपर गरी केवल चार प्रजातिका सर्प मात्र मानिसका लागि खतरनाक मानिन्छन्। त्यसैले सर्प देख्नासाथ त्रसित हुनु आवश्यक छैन तर सतर्क भने हुनैपर्छ।

विषालु सर्पको टाउकोमा विषग्रन्थि हुन्छ। जुन एक प्रकारको र्‍याल हो। विषालु सर्पका मुखमा दाह्राजस्तै दाँत हुन्छ। जब सर्पले कसैलाई डस्छ उक्त विष विशेष दाँत मार्फत रक्तसञ्चारमा पुग्छ।

सर्पको विषको प्रकृति हेरी यसले रक्तसञ्चार प्रणाली वा स्नायु प्रणालीमा आघात पुर्‍याउँछ। जसको उपचार बेलैमा हुन न सकेमा टोकेको जीव मर्न सक्छ। सर्पको प्रजाती अनुसार बिषको प्रभाव पनि फरक फरक हुन्छ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

सम्बन्धित खबरहरु