काठमाडौं । साताको पहिलो दिन आज नेपालमा सुनको मुल्य बढेको छ । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य बढेको हो । छापावाल सुन आज प्रतितोला २ सय रुपैयाँले बढेर ८९ हजार ८ सय रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन ८९ हजार ६ सयमा कारोबार भएको थियो । त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि २०० ले नै बढेको छ ।

आइतबार तेजावी सुन ८९ हजार ३ सय ५० रुपैयाँमा कारोबार हुँदैछ । शुक्रबार तेजाबी सुन ८९ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ ।

चाँदी आज तोलाको २० रुपैयाँले बढेर १ हजार १ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदी १ हजार १ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित खबरहरु