काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको प्रथम विधान महाधिवेशनको तेस्रो दिनमा पार्टीको राजनीतिक, सांगठनिक र विधान संशोधन सम्बन्धी प्रस्ताविमाथि दश वटै समूहले सुझाव दिने क्रम सकिएको छ ।

ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा शुक्रबारदेखि सुरु भएको एमाले विधान महाधिवेशनमा आज पाँच समूहले आ–आफ्नो सुझावहरु राख्नुभएको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो ।

एमाले विधान महाधिवेशनमा एकै व्यक्ति दुई कार्यकालभन्दा बढी नेतृत्वमा बस्न नपाइन प्रस्तावदेखि सात जनासम्मको उपाध्यक्षहरु रहने, ७० वर्षको उमेर हद, निर्वाचन प्रणाली, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको संवैधानिक व्यवस्था लगायतका विभिन्न प्रस्तावहरु आएको पनि जनाइएको छ ।

प्रतिवेदनहरुमाथि आएका सुझावहरुमाथि एमाले अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल र उप महासचिव विष्णुप्रसाद पौडेलले जवाफ दिने क्रम सुरु भएको हो ।

सम्बन्धित खबरहरु