काठमाडौं । कोशी टप्पु वन्य जन्तु आरक्षमा रहेर हंगामा मच्चाउदै आएको जंगली हात्ती माकुनाको मृत्यु भएको छ । आईतबार विहान आरक्षको पूर्वी तटबन्ध नजिकै विधुतीय तारमा करेण्ट लागेर माकुनाको मृत्यु भएको स्थानीयहरुले बताएका छन् ।

[caption id="" align="aligncenter" width="960"] File Photo[/caption]

आरक्षमा रहेको हात्तीसारको हात्तीको प्रजननको साथी समेत रहेको मकुनाको मृत्युले आरक्ष प्रशासन चिन्तित बनेको छ । कोशी टप्पुध लर्नीङ ग्राउन्डको अध्यक्ष राजकुमार सिंहले कोशी टप्पुमा माकुनाको मृत्युुको खबरले दुखी बनाएको बताउनुभयो ।

सुनसरीको कोशी गाउँपालिका–३ स्थित कोशी टप्पु वन्यजन्तु आरक्षमा आईतबार माकुना जङ्गली हात्ती मृत फेला परेको सिंहले बताउनुभयो । हात्तीसार स्थित अक्वा रिसोर्ट देखि ३०० सयमिटर उत्तर, बाधको पूर्वपट्टी पटेरमा हात्ती मृत भेटिएको सिंहले बताउनुभयो ।

कोशीटप्पु वन्यजन्तु आरक्षको नजीकै रहेको गाउँघर र धान, उखु खेतमा बिजुलीको तार जोडिएकोले करेन्ट लागेर मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ । हात्तीको शरीरको अन्य भागमा चोटपटक नभएको भन्दै करेन्टकै कारण मरेको हुनसक्ने अनुमान गरिएको सिंहले बताउनुभयो ।

घटनास्थलमा आरक्षका प्रमुख संरक्षण अधिकृत (वार्डेन) अधिकृत अशोक कुमार राम पुगेर माकुना हात्तीको पोष्ट मार्टम गर्ने तयारी गरेको जानकारी दिनुभयो । पशु स्वास्थ्यकर्मीको टोली घटना स्थलमा पुगेको रामले जानकारी दिनुभयो ।

उहाँका अनुसार मृत हात्तीलाई कानूनी प्रक्रिया पूरा गरेर मरेकै स्थानमा खाल्डो खनेर गाडिने वार्डेन रामले बताउनुभयो । यसअघि पनि माकुना बाहेक छ जंगली हात्तीको करेण्ट लागेर मृत्यु भईसकेको छ ।

सम्बन्धित खबरहरु