काठमाडौं । सरकारले ११ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ । शुक्रबारको निर्णयअनुसार गृह मन्त्रालयले ११ प्रजिअको सरुवा गरेको हो ।

गृह मन्त्रालयका सूचना अधिकारी दिकुमार तामाङका अनुसार डडेलधुरामा मोहनराज जोशीलाई पठाइएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीमा सहसचिव जयनारायण आचार्यलाई सरुवा गरिएको छ ।

यसैगरी भोजपुरको सिडिओमा मन्त्रालयका सहसचिव कमलराज ढकाल, लमजुङमा सुशील वैद्य, डोटीमा शंकरबहादुर विष्ट, मुगुमा रोमबहादुर महत, मनाङमा रविन्द्र आचार्य र म्याग्दीमा चिरञ्जिवी रानालाई सरुवा गरिएको छ ।

त्यस्तै रसुवामा नमराज जैसी, तेह्रथुममा अनोज घिमिरे र महत्तोरीमा बासु दाहालको सरुवा भएको सूचना अधिकारी तामाङले बताउनुभयो ।

सम्बन्धित खबरहरु