काठमाडौं । त्रिभुवन विश्वविद्यालयले नतिजा प्रकाशित गरेको छ । त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय परीक्षा शाखा बल्खुले जरुरी सूचना जारी गरेको हो ।

नतिजा प्रकाशित गर्दै त्रिविले भनेको छ, ‘त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान, डीनको कार्यालय, परीक्षा शाखा, बल्खुद्धारा सेमेष्टर परीक्षा प्रणाली अन्तर्गत ग्रेडिङ सिस्टम अनुसार २०७७ साल चैत्र र २०७८ साल बैशाख महिनामा सञ्चालन भएको स्नातकोत्तर तह रसायन शास्त्र विषय प्रथम वर्ष प्रथम शत्र २०७६ समूहको नियमित तथा सोही शत्रको सो भन्दा अगाडिका समूहको आंशिक परीक्षाको परीक्षाफल विज्ञान तथा प्रविधि अध्ययन संस्थान, परीक्षा सञ्चालक समितिको निर्णयानुसार प्रकाशित गरिएको छ ।

सो परीक्षामा निम्नांकित क्रमांक भएका परीक्षार्थीहरु आफू सम्मिलित भएका विषयमा उर्तीण भएका छन् ।’ लब्धांक पत्र सम्बन्धित केन्द्रीय विभाग वा क्याम्पसबाट प्राप्त हुनेछ ।

त्यस्तै त्रिविले परीक्षाफल सकेसम्म त्रुटीरहित होस् भन्ने उदेश्य राखेर प्रकाशित गरिएको बताउँदै छपाई तथा अन्य कुनै कारणबाट त्रुटी देखिएमा सच्याउने स्पष्ट पारेको छ ।

नतिजा पुनर्योग गर्न चाहने परीक्षार्थीहरुले परीक्षाफल प्रकाशित भएको मितिले २० दिनभित्र पुनर्योगका लागि निवेदन दिनुपर्नेछ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

सम्बन्धित खबरहरु