काठमाडौं । त्रिभुवन विश्वविद्यालयले महत्वपूर्ण सूचना प्रकाशित गरेको छ । त्रिवि, कृषि र पशु विज्ञान अध्ययन संस्थान डीनको कार्यालय कीर्तिपुरले महत्वपूर्ण सूचना जारी गरेको हो ।

जारी सूचनामा भनिएको छ, ‘यस कृषि र पशु विज्ञान अध्ययन संस्थानद्धारा शै.व. २०७७÷०७८ को लागि मिति २०७८÷०६÷१६ गते लिईएको B.V.Sc.& A.H. को प्रवेश परीक्षाको नतिजालाई आधार मानि मेरिट क्रम प्रकाशित गरिएको छ ।

प्रवेश परीक्षाको नतिजालाइ बराबर भएमा १०+२ वा सो सरहको प्रतिशत÷ग्रेड, सो पनि बराबर भएमा एस.एल.सी. वा सो सरहको प्रतिशत÷ग्रेड र सो पनि बराबर भएमा क्रमशः बायोलोजी, केमेस्टी«, अंग्रेजी, गणित तथा फिजिक्स विषयको प्रतिशत÷ग्रेड हेरी Merit List तयार गरी तपशिल बमोजिम प्रकाशित गरिएको छ ।

मेरिट क्रमाङ्कमा नाम नआएका विद्यार्थीहरु यस अध्ययन संस्थानमा भर्नाका लागि योग्य हुने छैनन । भर्ना तालिका र भर्ना सम्बन्धि वितृत विवरण मिति २०७८÷०६÷१९ गते भित्र प्रकाशन गरीनेछ ।’

सम्बन्धित खबरहरु