काठमाडौं । जर्मनीमा भएको चेम्निज ओपन कराँते च्याम्पियनसिपमा नेपालले चार स्वर्ण र दुई कास्यपदक जितेको छ । नेपालका मन्डेकाजी श्रेष्ठले दोहोरो स्वर्ण जिते ।

उनले पुरुष सिनियर एकल काता र ३० वर्षमाथि उमेरसमूहमा स्वर्ण जितेका हुन् । मन्डेकाजी १३औँ दक्षिण एसियाली खेलकूद (साग) का दोहोरो स्वर्ण विजेता पनि हुन् ।

सागकै कास्य विजेता मुकुन्द्र महर्जनले ३० वर्षमाथि स्वर्ण र कुमुतेको पुरुष ७५ केजीमुनि कास्य जिते ।

त्यस्तै सुमन तिमल्सिनाले पुरुष सिनयर एकल कातामा कास्य तथा आफ्नो उमेर समूहमा स्वर्ण हात पार्न सफल भएको नपाली टोलीको टिम व्यवस्थापक स्वच्छम गुरुङले जानकारी दिनुभयो ।

उक्त प्रतियोगितामा जर्मन, पोल्याण्ड, अस्ट्रिया, अजरबैजान, इरान, नेदरल्यान्ड्स, स्पेन, बेल्जियमलगायतका राष्ट्रको सहभागिता रहेको थियो ।

सम्बन्धित खबरहरु