काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल अस्पतालबाट डिस्चार्ज हुनु भएको छ ।

अध्यक्ष नेपालको निजी सचिवालयका अनुसार उहाँ आज अस्पतालबाट डिस्चार्ज हुनु भएको हो ।

नेपाललाई ज्वरो र खोकीले सताएपछि बुधबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना हुनुभयो ।

उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको र केही दिन आरामसहित उपचार गर्नुपर्ने चिकित्सकले सल्लाह दिएका छन् ।

केहि दिन घरमै आराम गर्ने नेपालको निजि सचिवालयले जानकारी दिएको छ ।

नेपालको उपचारमा त्रि.वि. शिक्षण अस्पतालका वरिष्ठ छाती रोग विशेषज्ञ डा. सन्तकुमार दाससहितको टोली संलग्न रहेको बताइएको छ ।

अब मन्त्रिपरिषद् विस्तार हुने जानकारी गराइएको छ । वर्तमान सरकारमा सत्ता साझेदार पनि रहेको एकीकृत समाजवादीले पनि मन्त्रीहरुको नाम प्रधानमन्त्री शेर बहादुर देउवालाई पठाइएको छ ।

लामो समय भैसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसक्दा सरकारको आलोचना भइरहेको छ ।

सम्बन्धित खबरहरु