काठमाडौं । ललितानिवास जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्रीद्वय विरुद्धको मुद्दाको सुनुवाइ हुँदैछ ।

बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई किन मुद्दा नचलाएको भन्ने विषयमा आज सुनुवाइ हुँदै छ ।

सोमबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश नहकुल सुवेदीको इजलासमा उक्त मुद्दाको पेशी तोकिएको हो ।

वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले बालुवाटार जग्गा प्रकरणमा नेपाल र भट्टराई पनि मुद्दा चलाउनुपर्ने आदेश हुनुपर्ने माग राख्दै सर्वोच्चमा रिट दर्ता गर्नुभएको थियो ।

ललिता निवास प्रकरणमा अख्तियारले नेपाल र भट्टराईलाई मुद्दा नचलाएपछि वरिष्ठ अधिवक्ता न्यौपानेले अख्तियारसमेतलाई विपक्षी बनाएर रिट दायर गरेका थिए । २०७६ माघ २९ मा दर्ता भएको रिटमा सर्वोच्चले यसअघि नै अग्राधिकार दिएको थियो ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

सम्बन्धित खबरहरु