काठमाडौ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले पहिलो पटक आफूबाटपनि गल्ती कमजोरी भएको स्वीकार गर्नुभएको छ ।

सर्वोच्च अदालत बार एशोसिएसनका पदाधिकारीसँगको भेटमा जबराले म बाटपनि केही गल्ती कमजोरी भए होला यही भएर त समाचार बाहिर आइरहेका छन् ।

समाचार सार्वजनिक पदमा बसेका व्यक्तिले गरेका गल्ती कमजोरीलाई जनतामाझ उजागर गरेर सच्याउने मौका दिने अवशरको हुनुपर्ने भएपनि अहिले त्यस्तो भने भइनरहेको उहाँको गुनासो छ ।

तर उहाँले म बाटपनि गल्ती कमजोरी भएका होलान् म पनि मानिस हुँ भनेर भन्नुभएको छ ।

यद्यपी शेरबहादुर देउवा नेतृत्वको सरकारमा प्रधानन्यायाधीश जबराले कम्तीमा एक जना मन्त्री बनाउन माग गरेको समाचार भने यो जोक्स मात्र भएको दावी गर्नुभयो ।

आफूलाई बदनाम गर्न कथा र चुड्किला बनाएर समाचार ल्याएको उहाँको टिप्पणी छ । बारका पदाधिकारीसँग सोमबार बिहान भएको भेटका क्रममा प्रधानन्यायाधीश जबराले आफूलाई बदनाम गर्न यस्तो सूचना बाहिर आएको बताउनुभयो ।

‘अहिलेको नेतृत्वलाई बदनाम गर्ने र ह्यारेसमेन्ट गर्ने कामहरु भइरहेको छ । (सर्वोच्च अदालत) भित्रबाट पनि भइरहेको छ । बाहिरबाट पनि भइरहेको छ’ उहाँको भनाइ उधृत गर्दै सर्वोच्च बारका एक पदाधिकारीले भन्नुभयो, ‘पहिले एउटामा समाचार आएको छ, अनि अरुमा आएको छ, मैले बुझिहालें ।’

छलफलका क्रममा केही कानून व्यवसायीले समाचारको विषयमा अदालतको अवहेलनामा कारवाही चलाउन सुझाव दिनुभएको छ ।

केहीले भने उक्त समाचारका विषयमा अदालतले स्पष्टीकरण दिनुपर्ने बताउनुभएको थियो ।

त्यसपछि जबराले आफूले त्यो मौका नपाएको प्रतिक्रिया दिनुयो । ‘मौका पनि पाइएन नि । हाम्रो अड्डा खुल्छ बिहान १० बजे । हिजो ४–५ बजेतिर समाचार आयो होला’ अनि त्यसपछि उहाँ लामो हाँसो हास्नुभएको श्रोतले बतायो ।

सम्बन्धित खबरहरु