काठमाडौं । अब केही समयमा एउटा प्रतिष्ठित वित्तिय संस्थाको एफपीओ आउँदैछ । नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ निष्काशन गर्न लागेको हो ।

उसले एफपीओ निष्काशनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोर्न समक्ष अनुमति माग्दै निवेदन दिएको हो ।

संस्थाले ११६ रुपैयाँ अंकित दरमा ३ करोड ८२ लाख रुपैयाँ बराबरको ३ लाख २९ हजार ६४९ कित्ता एफपीओ निष्काशन गर्नका लागि भदौ ९ गते बोर्डसँग अनुमति मागेको देखिएको छ ।

लघुवित्तले एफपीओ निष्काशनको लागि बिक्री प्रबन्धकमा एनएमबि क्यापिटललाई नियुक्त गरिसकेको छ ।

बोर्डबाट अनुमति पाएपश्चात लघुवित्तले सोही कित्ता एफपीओ निष्काशन तथा बिक्री गर्नेछ । यो महिनाको अन्तिममा अनुमती पाउनसक्ने श्रोतको दावी छ ।

सम्बन्धित खबरहरु