नयाँ दिल्ली । भारतको उत्तर प्रदेशअन्तर्गत लखिमपुरमा केन्द्रीय गृह राज्यमन्त्री अजय मिश्रका छोरा आशिष मिश्रले विरोध प्रदर्शन गरिरहेका किसानमाथि गाडी कुदाएका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार यी किसानले उपमुख्यमन्त्री केशवप्रसाद मौर्यको विरोध गरिरहेका थिए । घटनामा ८ जनाको मृत्यु भएको छ ।

लखिमपुर खिरीका एएसपी अरुणकुमार सिंहले ८ जनाको मृत्यु भएको पुष्टि गरेका छन् । उता आइतबार अबेर राति गृह राज्यमन्त्री अजय मिश्रले भने घटनामा आफ्नो छोराको संलग्नता अस्वीकार गरेका छन् ।

यसैबीच किसान आन्दोलनसँग जोडिएका योगेन्द्र यादवले भने कि लखीमपुर खेरीमा प्रदर्शनकारीमाथी किच्ने दुई सवारी साधनको बिरोधमा देशभरका किसानहरु सोमबार जिल्ला मजिस्ट्रेट कार्यालय बाहिर धर्ना दिदिइरहेका छन् ।

समाजवादी पार्टीका अध्यक्ष तथा उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री अखिलेश यादवले ट्वीट गरेका छन्, भाजपा सरकारका गृह राज्यमन्त्रीका छोराले शान्तिपूर्वक कृषि कानूनको विरोध गर्ने किसानहरुलाई अत्यन्तै अमानवीय अपराध गरे ।

मुख्यमन्त्रीको राजीनामा माग गर्दै उनले भने लखिमपुरी खेरीमा भाजपावादीहरु द्वारा कुल्चिएको घटनामा गम्भीर घाइते भएका तेजिंदर सिंह विर्क जीसँग भर्खरै एक संक्षिप्त कुराकानी भएको थियो, उनको धेरै गम्भीर हालतलाई ध्यानमा राखी, सरकारले उनीहरुलाई उत्तम उपचार प्रदान गरोस् ।

दोषीलाई कारबाही गरोस् अखिलेशले लेखेका छन्ए । उनले मुख्यमन्त्रीले राजीनामा दिनुपर्ने माग समेत गरेका छन् ।

सम्बन्धित खबरहरु